नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’ | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको बढेको छ ।

चार महिना लामो लकडाउन हुँदा बालविवाह, बाल दुव्र्यवहार, बालबालिका कुटपिट, महिला तथा लैंगिक हिंसा, बालबालिका हराएको, आत्महत्या जस्ता घटना बढेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ ।

स्याक नेपाल बाँकेको तथ्याङ्कअनुसार ५३ घटना रहेको संस्थाका परियोजनाका व्यवस्थापक जगदिश थापाले बताए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटना रोकथामका लागि बाँके प्रहरीले काम गर्दै आए पनि लकडाउनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गर्न नसक्दा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा वृद्धि भएको छ ।

बाँके जिल्ला महिला तथा बालबालिकाको उच्च जोखिममा रहेको जिल्ला हो । विगतदेखि नै बाँकेमा महिला तथा बालबालिका माथि हिंसाका घटना अधिक हुने गरेकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ५८ बजे

मेयरको धम्कीपछि पत्रकार प्रजापति झुण्डिएको अवस्थामा मृत फेला

रौतहट– रौतहटका पत्रकार रवीन्द्र प्रजापति घरैमा झुन्डिएको अवस्थामा भेटिएका छन्

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा