सत्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति चयन | Khabarhub Khabarhub

सत्यालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको नयाँ कार्यसमिति चयन


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था ‘अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ’को चौथो साधारण सभा सम्पन्न भएको छ ।

भर्चुअल अधिवेशन झन्डै २५ देशका प्रतिनिधिहरु र विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा शनिबार सम्पन्न भएको हो।

संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङेल थिए ।

त्यस्तै अन्य अतिथिहहरुमा गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाली रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदानका अध्यक्ष सानूबाबु प्रजापति, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा. लिला राज दाहाल, युएनको फुड प्रोग्राम अन्तरगत बङ्गलादेशमा कार्यरत विषेशज्ञ मञ्जु कर्माचार्य सहभागी थिए ।

अधिवेशनले आगामी २ वर्षका लागि अजय सत्याल (अमेरिका) को नेतृत्वमा ५ सदस्यपछि थप गर्नेगरी सर्वसम्मत २३ सदस्यीय कार्यसमिति गरेको छ ।

जसको उपाध्यक्षमा एभरेष्ट गौतम (बेलायत), बिनोद भट्टराई (कतार), प्रशान्त उप्रेती (फ्रान्स), महासचिवमा राहुल रेग्मी (नेपाल), सचिवमा केदार तिमील्सिना (अमेरिका), कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल), सदस्यहरुमा निरन्जन पौडेल (क्यानडा), बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया), राज गौतम (पोर्चुगल(, नवराज बस्नेत (यूएई), शिवराम भण्डारी )फ्रान्स), रुपेन्द्र बिक्रम हमाल )कुवेतं, डा. इन्दिरा तिवारी (दक्षिण कोरिया, राजेन्द्र प्रसाद कंडेल (नेदरल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), मन्जु प्रधान (बेल्जियमं) र अर्जुन बोगटी (भारत) रहेका छन ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङेलले रक्तदानले जीवनदान दिन सक्ने भन्दै सेवासँगै परोपकार र धर्म समेत भएको बताए । उनले संघले गरेको कार्यले सबैलाई उत्प्रेरणा दिने र रक्तदान मार्फत गरेको सेवा अन्य कुनै पनि सेवा भन्दा महत्वपुर्ण रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले जीवन बचाउने पवित्र कार्यका लागि देश र विदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफूलाई गर्व महसुस भएको भन्दै रक्तदाता संघलाई धन्यवाद दिए। उनले गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघसँग निरन्तर सहकार्य गर्दै अगाडी बढने पनि बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ३ : ०९ बजे

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति

कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार

कास्की– जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० जना मन्त्रीले बुझाए सम्पत्ति विवरण

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण