पोल्याण्ड पठाउने प्रलोभन देखाएर १७ लाख ठगी गर्ने महिला पक्राउ « Khabarhub

पोल्याण्ड पठाउने प्रलोभन देखाएर १७ लाख ठगी गर्ने महिला पक्राउ


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोल्यान्ड पठाइदिन्छु भन्दै १७ लाख  रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

यसैबीच महानगरीय अपराध महाशाखाको टोलीले अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले कोटेश्वरका टुकनारायण श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन्छु भनी रु १० लाख ठगी गर्ने अमेरिकाका ६५ वर्षीय डेनियल ली मेगीलाई आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता कार्कीले बिजनेस भिसामा अमेरिका लाने भनेर सुजन थापा र सन्दीप कार्कीलाई प्रतिव्यक्ति रु पाँच लाख ठगी गर्ने प्रयास गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ३७ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको