पोल्याण्ड पठाउने प्रलोभन देखाएर १७ लाख ठगी गर्ने महिला पक्राउ « Khabarhub

पोल्याण्ड पठाउने प्रलोभन देखाएर १७ लाख ठगी गर्ने महिला पक्राउ


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोल्यान्ड पठाइदिन्छु भन्दै १७ लाख  रुपैयाँ ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

यसैबीच महानगरीय अपराध महाशाखाको टोलीले अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले कोटेश्वरका टुकनारायण श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन्छु भनी रु १० लाख ठगी गर्ने अमेरिकाका ६५ वर्षीय डेनियल ली मेगीलाई आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता कार्कीले बिजनेस भिसामा अमेरिका लाने भनेर सुजन थापा र सन्दीप कार्कीलाई प्रतिव्यक्ति रु पाँच लाख ठगी गर्ने प्रयास गर्दागर्दै पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ३७ बजे

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले