विपद्पछिको हेली उद्धारमा २० करोड खर्च « Khabarhub

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड रुपैयाँ खर्च भएको बताएको छ ।

गृहमन्त्री सुधन गुरुङले हेलिकप्टरबाट उद्धारमा बढीमा २० करोड खर्च भएको बताए । ‘बाहिर सार्वजनिक भएजस्तो अर्बौँ खर्च भएको होइन । बढीमा २० करोड खर्च भएको छ । हामी नागरिकप्रति जबाफदेही हुनुपर्छ यसको पारदर्शी हिसाब हामी छिट्टै सार्वजनिक गर्छौँ,’ उनले भने ।

यस्तै उनले होल्डिङ सेन्टरमा रहेकाहरूलाई अब अस्थायी आवासको प्रबन्ध गरेर ६ महिनाभित्रै उनीहरूका लागि आवासको व्यवस्था गर्नेतर्फ सरकार क्रियाशील रहेको बताए । ‘उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन। अब आवासका लागि गृहकार्य गरिरहेका छौँ । नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ,’ उनले भने ।

पीडितका लागि बन्ने आवास स्थानीय संस्कृति र मौलिकता झल्किने र आधुनिक सुविधा पनि हुने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : ४९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण