चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ र सर्लाहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार बुधबार राति प्राप्त विवरणअनुसार १६ देखि ८० वर्ष उमेर समूहका ३९ जनामा संक्रमण भएको छ ।

संक्रमित हुनेमा भरतपुर नगरपालिकाका विभिन्न १० वटा वडाका १६ देखि ५९ वर्षसम्मका ८ पुरूष र २३ देखि ८० वर्षसम्मका ११ महिला छन् ।

यस्तै रत्ननगरका विभिन्न ४ वडाका ६ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालकै चितवनकै खरैनीका १ पुरूष र ३ महिला,  कालिकाका ३ पुरूष र २ महिला तथा माडीका १ महिला र १ पुरूषमा संक्रमण पुष्टि भएको छ ।

एक जना संक्रमित भने सर्लाहीका ५५ वर्षीय पुरूष भएको चितवन कोभिड इन्फोले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ४५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती