चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन –  चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२:४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १/१ जना छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ०२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती