बागलुङमा बाढीको वितण्डा (फोटोफिचर) « Khabarhub

बागलुङमा बाढीको वितण्डा (फोटोफिचर)


१८ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- निरन्तरको वर्षासँगै गएराति बागलुङको ढोरपाटन नगरपािलका-९ भुजीखोलामा आएको बाढीले खोला किनाराका बस्ती बगाउँदा १३ जना बेपत्ता भएका छन् । ६ जनाको शव फेला परेको छ ।

अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले खोला किनाराका घर बगाउँदा १३ जना सम्पर्कविहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।’

स्थानीयले दिएको जानकारी अनुसार हालसम्म ढोरपाटन नगरपालका-९ साबिक बोवाङ गाविसको भुसुण्डेको बस्ती, सुप्राङ बगालेडेरा, दुनेपधेरा, लाकुरिबोट, दोगाडी लगायतका बस्तीहरुमा ठूलो क्षति पुगेको छ ।

त्यसैगरी विद्युत गृह, सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथिमिक विद्यालयको भवनमा समेत क्षति पुगेको छ ।

बाढीले कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

घटना स्थलमा अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

तस्वीर- द्रोणकुमार कुँवरको फेसबुकबाट

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ७ : ५९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने