विश्वमा एकै दिन २ लाख ८६ हजारलाई कोरोना संक्रमण, ६३ सय बढीको मृत्यु « Khabarhub

विश्वमा एकै दिन २ लाख ८६ हजारलाई कोरोना संक्रमण, ६३ सय बढीको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख ८६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ६१ लाख ७६ हजार ११४ पुगेको छ ।

संक्रमितमध्ये ७०.४५ प्रतिशत अर्थात १ करोड ८४ लाख ४१ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ६ हजार ३१६ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ६७ हजार २९४ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ८ हजार ५६७ जनाको मृत्यु भएको छ । ३६ लाख ४६ हजार ३९३ जना संक्रमित भएकोमा २० लाख ९९ हजार २१६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७५ हजार २३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७४ लाख ५९ हजार ५३५ पुगेको छ । त्यसमध्ये ४३ लाख ४७ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४५ हजार ६५५ जनाको मृत्यु भएको छ । ७२ लाख ९७ हजार ५३१ जना संक्रमित भएकोमा ५८ लाख ५५ हजार ९४२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६ हजार ७६४ जनाको मृत्यु भएको छ । ६४ लाख ६९ हजार ८९४ जना संक्रमित भएकोमा ५१ लाख ३ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३० हजार ३७० जनाको ज्यान गएको छ भने १२ लाख ७३ हजार २१३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ११ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६९२ जनाको मृत्यु भएको छ । २८ हजार ८२७ जना संक्रमित भएकोमा २३ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ६ : ३० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक