भारतमा पब्जीसहितका ११८ एप्स प्रतिबन्ध « Khabarhub

भारतमा पब्जीसहितका ११८ एप्स प्रतिबन्ध


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ ।

चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो ।

सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले  चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो ।

यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ३२ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर