वास्तु अनुसार घरमा कहाँ राख्ने घडी ? « Khabarhub

वास्तु अनुसार घरमा कहाँ राख्ने घडी ?


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिस घरमा घडी राख्दा कुन दिशामा राख्ने भन्नेबारे ध्यान दिदैनन् । धेरैले अनुकुल र मन लागेको दिशामा भित्ते घडी राख्ने गर्दछन् । जुन पायो त्यही दिशामा घडी राख्नु वास्तुअनुसार गलत हुने गर्दछ ।

वास्तुशास्त्र अनुसार गलत दिशामा घडी राख्दा शारीरिक, मानसिक वा आर्थिक हानी ब्यहोनुपर्ने हुनसक्छ । गलत दिशामा घडी राख्दा परिवारका सदस्यको प्रगतिमा बाधा उत्पन्न हुने गर्दछ । तसर्थ घरमा घडी राख्दा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

१. वास्तुशास्त्र अनुसार घरको दक्षिण दिशामा घडी राख्दा घरका मुखिया सदैव बिरामी पर्ने सम्भावना हुन्छ । तसर्थ यो दिशामा घडी राख्नु हुदैन ।

२. वास्तु अनुसार दक्षिण दिशामा घडी राख्दा प्रगतीमा बाधा उत्पन्न हुने गर्दछ । साथै नयाँ अवसर समेत पाइदैन । यस अलावा घरमा नकारात्मक ऊर्जा समेत आउने गर्दछ ।

३. वास्तुशास्त्र अनुसार पुर्व वा उत्तर दिशाको भित्ता वा त्यसतर्फ मात्र घडी राख्नु उपयुक्त हुन्छ । यस दिशामा घडी राख्दा लाभ प्राप्त हुने तथा समृद्धि बढ्ने गर्दछ ।

४. पूर्व वा उत्तर दिशामा घडी राख्दा रोकिएका अधुरा काम समेत बन्ने संभावना हुन्छ ।

५. पूर्व दिशामा राख्ने घडी हल्का हरियो वा पहेलो रंगको राख्नु पर्दछ ।

६. वास्तुअनुसार घरमा बन्द अवस्थामा घडीलाई छाड्नु हुदैन । यसो गर्नाले जीवनमा समस्या उत्पन्न हुनसक्छ ।

७. वास्तुशास्त्र अनुसार घरमा टुटफुट भएको घडी पनि राख्नु हुदैन । यस्ता घडी दुर्भाग्यको सुचक मानिन्छ ।

८. वास्तु अनुसार घरमा पेण्डुलम घडी राख्नु राम्रो मानिन्छ । यसले घरका सदस्यहरुको काममा बढुवा हुने संभावना हुन्छ । तर यो घडी पश्चिम दिशामा राख्नु पर्दछ ।

९. घरमा कालो, नीलो र रातो रंगको घडी राख्नु हुदैन । यो वास्तुका हिसाबले सही मानिदैन ।

१०. घरमा राख्ने घडी चारपाटे वा गोलो राख्नु पर्दछ । यस प्रकारको घडी शुभ मानिन्छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : २३ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन