आफ्नै चेली आफ्नै सीडीयो | Khabarhub Khabarhub

आफ्नै चेली आफ्नै सीडीयो

नवलपुरमा पहिलो महिला सीडीयोको आगमन


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा पहिलो पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी महिलाले सम्हाल्ने भएकी छन् ।

नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई रुपन्देही जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएपछि गृह मन्त्रालयकी सहसचिव मनमायाँ पंगेनी भट्टराईलाई नवलपरासीपूर्वमा प्रजिअको जिम्मेवारी दिइएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट केही दिनअघि मात्रै पंगेनी गृह मन्त्रालयमा सरुवा भएर आएकी थिइन् । गृह मन्त्रालयकी सहसचिव पंगेनीलाई पहिलो पटक नवलपुरको महिला प्रजिअको रुपमा पठाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई प्रदेश ५ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएपछि रुपन्देही जिल्ला रिक्त थियो । सो ठाउँमा नवलपरासीपूर्वका प्रजिअ घिमिरेलाई पठाएसँगै पंगेनीलाई नवलपरासीपूर्वमा पदस्थापन गरिएको हो ।

नवलपुरकै चेली

राज्यको पुर्नसंरचनाका क्रममा नवलपरासी जिल्ला टुक्रिएपछि बनेको नवलपरासीपूर्व सबैभन्दा कान्छो जिल्ला हो । नवपरासीपूर्वमात्र नभई जिल्ला टुक्रिनु भन्दा अघिको नवलपरासी जिल्लामा नै यसअघि महिला प्रजिअको रुपमा कोही पनि आएका छैनन् ।

नवलपरासीपूर्वमा पहिलो पटक प्रजिअको भएर आएकी उनी यहाँकी चेली हुन् । नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ अरुणखोलामा जन्मिएर सोही ठाउँबाट नै माध्यामिक तहको शिक्षा हासिल गरेकी पंगेनीलाई प्रजिअको रुपमा पाउँदा जिल्लाबासी हर्षित भएका छन् ।

जिल्लामा पहिलो पटक यहिँ जम्मिएर हुर्किएको आफ्नै चेलीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पाउँदा निकै खुशी लागेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ७ : ३१ बजे

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा