गस्तीका सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार | Khabarhub Khabarhub

गस्तीका सशस्त्र प्रहरीमाथि तस्करद्वारा ढुङ्गा प्रहार


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- गस्तीमा रहेको सशस्त्र प्रहरीका जवानमाथि कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीमा नेपाल–भारत सीमा स्तम्भ नम्बर २०२ नजिक तस्करहरुले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णराज अधिकारीको कमान्डामा खटी गएको १४ जनको टोलीमाथि भारतबाट अवैधरुपमा समान नेपाल भित्राउँदै गरको अवस्थामा तस्करले ढुङ्गा मुढा प्रहार गर्नुका साथै गाली गलौच गरेका हुन् ।

भारतबाट ल्याउँदै गरेको माछाको भुरा नियन्त्रणमा लिने क्रममा तस्करले ढुङ्गा मुढा प्रहार गरेको सशस्त्र प्रहरी उपरीक्षक विरेन्द्र ऐरले बताउनुभयो । स्थानीय बासीन्दाको सहयोग पछि तस्करहरु भागेका हुन् । तस्करहरुबाट रु १६ हजार मूल्य बराबरको माछाका भुरा बरामद गरिएको छ ।

सोमबार समेत बेलडाँडी गाँउपालिका ३ कालोपुल नजिक पर्ने नेपाल–भारत सीमा स्तम्भ नम्बर ७८४/५ र ७८४/६ को बीचमा सशस्त्र प्रहरी बल, बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमान्डमा गस्तीमा रहेको टोलीमाथि १०/१५ जना भारतीय तस्करले नेपालतर्फ सामान भित्राउन खोज्दा नियन्त्रणमा लिने क्रममासमेत सशस्त्र प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, “रु १५ हजार ६०० मूल्य बराबरको समान भारतीय तस्करले छाडेर गएका छन् ।” उनका अनुसार सामान नियन्त्रणमा लिइए पनि भारतीय तस्करहरु भने भाग्न सफल भएका छन् । यस बारेमा भारतीय सीमा शुरक्षा बल विओपी टाटरगञ्जलाई समेत जानकारी गराईएको उनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ११ : ४७ बजे

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्