महानगरका ९ वडामा ५२५ जनाको स्वाब संकलन हुँदै | Khabarhub Khabarhub

महानगरका ९ वडामा ५२५ जनाको स्वाब संकलन हुँदै


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आज काठमाडौं महानगरले ९ वटा वडामा ५२५ जनाको स्वाब संकलन गर्दैछ ।

वडा ८ र २९ मा १००/१०० जना, २८ जना १ सय २० जना, २०, २१, २३ र २४ मा गरी १ सय २० जना, ३ मा ३० जना र ६ मा ५५ जनाको स्वाब लिइनेछ ।

भदौ १४ गतेसम्मको विवरणअनुसार महानगरका २ हजार ७०७ जना संक्रमितमध्ये ५५५ जना होम आइसोलेसनमा हुनुहुन्छ भने ५४७ जना अस्पतालमा उपचाररत छन।

त्यस्तै ४ सय ८५ जना निको भएर घर फर्किएका छन् । बिरामीको सम्पर्कमा रहेकाले संक्रमणको जोखिममा रहेका ४ हजार ३५२ जनाको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गरिसकिएको छ ।

उनीहरुमध्ये २ सय ६७ जनामा कोभिड पोजेटिभ देखिएको छ । भदौ १७ गतेसम्ममा महानगरमा कोभिडको संक्रमणकाकारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

आज स्वाब संकलन गर्न लागिएको वडा ८ मा अहिलेसम्म संक्रमितको संख्या २३ पुगेको छ ।

उनीहरुमध्ये ६ जना होम आइसोसनमा छन् भने ४ जना अस्पतालमा छन्। ५ जना निको भएर घर फर्किएका छन् ।

कन्ट्याक्ट ट्रेसिङ्बाट वडामा यस अघि ४८ जनाको स्बाव संकलन गरिसकिएको छ । यसै गरी वडा २९ मा संक्रमितको संख्या ६५ पुगेको छ । जसमध्ये १३ जना होम आइसोलेसन र २५ जना अस्पतालमा उपचाररत छन् । १० जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाका कारण वडामा कसैको पनि मृत्यु भएको छैन । यस अघि कन्ट्याक्ट ट्रेसिङ्बाट १ सय ४६ जनाको स्वाब संकलन गरिसकिएको छ ।

वडा २८ मा संक्रमितको संख्या १ सय ५, होम आइसोलेसनमा १२, अस्पतालमा उपचाररत २५ र निको हुनेको संख्या १९ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङ्बाट १ सय ४५ जना को स्बाव संकलन गरिएको यस वडामा कोभिड कारण कसैको पनि मृत्यु भएको छैन ।

१५ जना संक्रमितको संख्या पुगेको वडा २० मा होम आइसोलेसमा १ जना, अस्पतालमा उपचाररत २ जना र उपचारपछि घर फर्किने १ जना छन् ।

१ जनाको मृत्यु भएको वडामा यस अघि ३२ जनाको स्वाब संकलन गरिसकिएको छ । यसै गरी वडा २१ मा संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये ४ जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत छन्। २ जना उपचारपछि घर फर्किनुभएको छ भने १ जनाको मृत्यु भएको छ । वडामा ३५ जनाको कन्ट्याक्ट ट्रेसिङ्बाट स्वाब संकलन गरिएको छ ।

आजै कन्ट्याक्ट ट्रेसिङबाट स्वाब संकलन गर्ने वडा २३ मा संक्रमितको संख्या १५ छ । ५ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत हुनुहुन्छ भने उपचारपछि ६ जना घर फर्किसकेक छन् । वडामा यसअघि कन्ट्याक्ट ट्रेसिङबाट ६० जनाको स्बाब संकलन गरिसकिएको छ ।

वडा २४ मा संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये २ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत छन् । निको भएर फर्कनेको संख्या प्राप्त भएको छैन भने कसैको मृत्यु भएको छैन । वडामा १ सय १९ जनाको कन्टक्याक्ट ट्रेसिङबाट स्बाब संकलन गरिसकिएको छ ।

वडा ३ मा संक्रमितको संख्या १ सय ८० छ । २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा उपचार रत छन् । ५८ जना उपचारपछि घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट १ सय २८ जनाको स्वाब संकलन गरिसकिएको छ ।

यता वडा ६ बौद्धमा संक्रमितको संख्या २९ पुगेको छ । १४ जना होम आइसोलेसन र ४ जना अस्पतालमा छन् । ३ जना निको भएर फर्किएका छन् भने कन्ट्याक्ट ट्रेसिङबाट ८७ जनाको स्बाब संकलन गरिसकिएको छ ।

महामारी नियन्त्रण गर्न बिरामीको सम्पर्कमा भएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुटाउने गरी काम गरिरहेका महानगरले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्छन्- ‘भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र सकेसम्म साबुन पानी नभए स्यानिटाइजरको प्रयोग गर्ने बानीको बिकास गर्ने हो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुनेछ । यो नियम सबैका लागि महामारी नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार सबैले यसको पालना गर्नुपर्छ ।’

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १२ : ०१ बजे

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

काठमाडौं– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरूप देखिएका संरचनाको

रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन रद्द

काठमाडौं– निर्वाचन आयोगले रूपन्देही–३ मा हुने भनिएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचन

शिवम् शिमेन्ट थाल्यो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

काठमाडौं– शिवम् सिमेन्टले जेन-जी आम्दोलन पश्चात काठमाडौंमा भएको आगजनी तथा

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ‘जेन-जी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत्