वीर अस्पतालमा कोरोनाका बिरामी मात्र राख्ने तयारी | Khabarhub Khabarhub

वीर अस्पतालमा कोरोनाका बिरामी मात्र राख्ने तयारी

वीरका बिरामी ट्रमा सेन्टरमा सारिने


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने अस्पतालको रुपमा रुपान्तरण गर्ने तयारी गरेको छ ।

अस्पतालका उपचारका लागि पुग्ने अघिकांश बिरामी र अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्नेगरी व्यवस्थापन गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्द्या मन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति तथा निर्देशकसहितको पदाधिकारीसँग बैठक समेत गरेको थिए ।

अबदेखि वीर अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने र वीर अस्पतालमा भर्ना भएका बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरमा सार्ने तयारी हुँदैछ ।

वीर अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार हाल वीर अस्पतालमा १९० जना बिरामीहरु भर्ना भएर उपचार गराइरहेका छन् ।

यस्तै ६८ जना कोरोना संक्रमितहरु पनि आइसोलेसनमा उपचारत छन् । वीर अस्पतालमा तीन साताको अवधिमा ७३ जना डाक्टर नर्स लगायतका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ ।

अस्पतालमा कोरोना संक्रमित र अन्य दुवै सेवा प्रवाह गर्दा संक्रमणको फैलिने जोखिम भएकाले वीरमा कोरोना संक्रमतिको मात्र उपचार गर्न लागिएको डा सेञ्चुरीले बताए ।

‘कोरोना संक्रमित र अन्य रोगका दुवै किसिमका बिरामीको एउटै अस्पतालमा उपचार गर्दा सेवा दिन समस्या भयो, स्वास्थ्यकर्मीमा पनि संक्रमण देखियो,’ डा सेञ्चुरीले भने, ‘शुक्रराज अस्पताललाई कोभिड मात्र बनाउँदा स्टाफमा अहिलेसम्म संक्रमण देखिएको छैन, त्यसले गर्दा वीर अस्पतालमा पनि कोरोना संक्रमितलाई मात्र सेवा दिने भनेर छलफल भएको हो ।’

डा सेञ्चुरीका अनुसार वीर अस्पतालमा १८ वटा रोग विशेषज्ञ सेवा सञ्चालित छ । तर बिरामी र स्वास्थ्यकर्मी दुवैमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले प्रभावकारी सेवा दिन नसकेको गुनासो समेत आइरहेको छ ।

वीर अस्पतालमा भर्ना भएका सबै बिरामी ट्रमामा सार्ने भनिएपछि कसरी सार्ने र ट्रमा सेन्टरमा सेवाको व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको डा सेञ्चुरीले बताए ।

‘वीर अस्पतालमा त धेरै विभागहरु छन्, बिरामी पनि धेरै आउँछन्, तर ट्रमामा सबैलाई राख्न ठाउँ पुग्छ वा पुग्दैन,’ डा सेञ्चुरीले भने, ‘सबैकुरा हेरेर व्यवस्थापन गर्न सकिने भएमा ट्रमामा सार्ने वा मेडिसिन र सर्जरी भनेर विभाग छुट्याएर सोही अनुसार सेवा मिनाउने कुरा भइरहेको छ । कसरी व्यवस्थापन गर्ने भनेर हामी छलफल गर्दैछौं ।’

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ३ : ५९ बजे

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि