ओमानबाट सेप्टेम्बर ११ मा सलाम एयरले उडान गर्ने « Khabarhub

ओमानबाट सेप्टेम्बर ११ मा सलाम एयरले उडान गर्ने



दोहा : ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

ओमानस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकलाई स्वदेश ल्याइँदैछ ।

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने तोकिएको प्रावधान अनुरुप स्वदेश फर्कन विभिन्‍न माध्यमबाट दूतावासमा नाम टिपाएकाहरूलाई प्राथमिकताका आधारमा नेपाल जान आगामी सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने भएको छ ।

उक्त उडानबाट स्वदेश लागि नेपाल सरकारले तोके बमोजिम कोभिड-१९ को ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ। सलाम एयरको उडानको एकतर्फी भाडादर ११५ ओमानी रियल लगेज २० केजी तथा ७ केजी ह्यान्ड ब्याग तोकिएको दूतावासले जनाएको छ ।

उक्त उडानबाट स्वदेश फर्किनेहरुको नामावली प्राथमिकताको आधारमा चाँडै प्रकाशन गरिने छ तथा कोभिड-१९ को परीक्षण र टिकट सम्बन्धी विस्तृतमा अर्को सूचनामा खुलाइने दूतावासले जनाएको छ ।

सलाम एयरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको आफू कार्यरत कम्पनीबाट वा सलाम एयरको नेपालको कार्यालय वा ओमानमा सलाम एयरको कार्यालयमा सम्बन्धित कागजात सहित इमेल गर्नुहुन वा ७११७७८९२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध छ।

स्वदेश फर्किन नाम टिपाएका हरूलाई क्रमश: नेपाल लैजान यही सेप्टेम्बर २५ मा अर्को उडान हुने र सेप्टेम्बर महिनामा नै थप उडान गर्ने गरी नेपालको सम्बन्धित निकायहरूसँग समन्वय भै रहेकोले अन्य उडानहरूबारे पनि चाँडै अर्को सूचना प्रकाशित गरिने जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : २१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा