काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै रथ तान्ने कार्य सुचारू गर्न सरकारलाई अनुरोध गरेका छन् ।
मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप भएपछि बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सम्बन्धित पक्षसँग छलफल र समन्वय गरी रथ तान्ने कार्य सुचारू गर्नुपर्ने सुझाब दिएका हुन् ।
उनले ट्वीट गर्दै सास्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन् ।
अध्यक्ष थापाले भनेका छन् “सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ ।”
प्रतिक्रिया