कोरोना संक्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा एक साता थप | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा एक साता थप


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वीरगञ्जमा थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अगामी भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै कोरोना जिल्ला सुरक्षा समितिको बैठकले महानगर क्षेत्रभित्र भदौ २५ गतेसम्मको लागि निषेधाज्ञालाइ निरन्तरता दिने निर्णय गरेको बताएको छ।

निषेधाज्ञा जारी रहेपनि वीरगञ्जमा आलोपालो गरि पसलहरु भने खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार,बुधबार र शुक्रबार बजारमा रहेका पसलहरु मध्ये पुर्बतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ।

वीरगञ्ज बजारका पसलहरु शनिबार भने बन्द रहनेछन् । पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्न पाइने छ ।

यस्तै आईतबार,मंगलबार र बिहीबार पशिचम र उतरतर्फ फर्केका पसलहरु मात्रै खोल्न पाइने छ।

तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा घण्टाघरको २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ मात्र पसल राख्न पाइनेछ।

तोकिएको समय र स्थान बाहेक अन्य समय र स्थानमा पसल खोली सामन बेचेको र भिडभाड गरेको पाइए कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको हुँदा उच्च सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ११ बजे

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर– आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०-८१ को

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

काठमाडौं – वेस्टइन्डिज ‘ए’ विरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाली

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००