कोरोना संक्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा एक साता थप « Khabarhub

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा एक साता थप


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वीरगञ्जमा थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अगामी भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै कोरोना जिल्ला सुरक्षा समितिको बैठकले महानगर क्षेत्रभित्र भदौ २५ गतेसम्मको लागि निषेधाज्ञालाइ निरन्तरता दिने निर्णय गरेको बताएको छ।

निषेधाज्ञा जारी रहेपनि वीरगञ्जमा आलोपालो गरि पसलहरु भने खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार,बुधबार र शुक्रबार बजारमा रहेका पसलहरु मध्ये पुर्बतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र खोल्न पाइनेछ।

वीरगञ्ज बजारका पसलहरु शनिबार भने बन्द रहनेछन् । पसलहरु बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्न पाइने छ ।

यस्तै आईतबार,मंगलबार र बिहीबार पशिचम र उतरतर्फ फर्केका पसलहरु मात्रै खोल्न पाइने छ।

तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा घण्टाघरको २ सय मिटर स्कुलदेखि दक्षिणतर्फ मात्र पसल राख्न पाइनेछ।

तोकिएको समय र स्थान बाहेक अन्य समय र स्थानमा पसल खोली सामन बेचेको र भिडभाड गरेको पाइए कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको हुँदा उच्च सुरक्षा सतर्कता अपनाउन प्रशासनले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ११ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको