काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि | Khabarhub Khabarhub

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने महानगरका प्रवक्ता नवीन मानन्धरले कान्कारी दिएका छन् । 

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । 

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । 

बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ । 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : २७ बजे

सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद

जलेश्वरका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित

नेपालसँग विवादबीच पाकिस्तान प्रशासित कश्मिरमा पनि भारतको दाबी

नयाँदिल्ली- २०७७ जेठमा जारी भएको चुच्चे नक्सालाई १०० रुपैयाँ दरको

प्रदेश प्रमुखकहाँ सनाखत गर्दै हिक्मत कार्कीलाई समर्थन दिएका सांसदहरू

विराटनगर– मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता

‘जनतामा आशा जगाउने बजेट ल्याउँछु’ – अर्थमन्त्री पुन

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरी आगामी