बाढी-पहिरो पीडितको उद्धारमा परिचालित हुन नेकपाको निर्देशन | Khabarhub Khabarhub

बाढी-पहिरो पीडितको उद्धारमा परिचालित हुन नेकपाको निर्देशन


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बुधबार बाग्लुङको ढोरपाटनमा गएको पहिरामा परी जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको हो ।

ढोरपाटनको बाढीमा परेर १४ जनाको निधन भएको छ भने करीब ३५ जना सम्पर्कविहीन भएका छन् । यस्तै केही स्थानीयवासी घाइते भएका छन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने “बाग्लुडको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति सचिवालय बैठकले दुःख प्रकटका साथ मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारलाई राहत, उद्धारका लागि तीव्रताका साथ लाग्न आग्रह गरेको छ । यस्तै पार्टीका सबै कमिटीलाई उद्धार र राहतको काममा लाग्न निर्देशित गरेको छ ।”

बैठकमा कोभिड –१९ को निराकरणका सन्दर्भमा सरकारका तर्फबाट भएका कामकारवाहीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले सामाजिक सद्भाव सहिष्णुता कायम राख्दै सिंगो राष्ट्र एक जुट भएर विपद्का समयमा उद्धार, राहत, पुनःस्थापनाका लाग्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि संक्षिप्त छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाउँदै आजको सचिवालय बैठकमा व्यक्त विचारलाई समेत ध्यान दिई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आवश्यक कार्यसूची तयार पार्न बैठकले जिम्मा दिएको छ ।

यस्तै स्थगित स्थायी कमिटीको बैठक छिट्टै बोलाउने र पार्टीको नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदा तयार पार्नसमेत अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  १० : ५९ बजे

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा

ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत

एजेन्सी – अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा

शरीरमा आगो सल्किए कसरी आफूलाई जोगाउने ? यस्ता छन् उपाय

काठमाडौं– गत माघमा काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास

अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा

नामिबियाद्वारा नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट