मनसुन निस्क्रिय हुन अझै केही दिन लाग्ने, दुई दिन वर्षाको पूर्वानुमान « Khabarhub

मनसुन निस्क्रिय हुन अझै केही दिन लाग्ने, दुई दिन वर्षाको पूर्वानुमान


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा मनसुन निस्क्रिय हुन अझै केही दिन लाग्ने मौसमविद्ले जनाएका छन् ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् राजु प्रधानाङगका अनुसार नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन निस्क्रिय भए पनि बाँकी प्रदेशमा अझै केही दिन वर्षा हुनेछ ।

उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा सामान्य वदली भएको छ । सोही प्रभावले मुलुकका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमा बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : १६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु