कुलमान बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो, आज पनि ठाउँठाउँमा विद्युत कटौती | Khabarhub Khabarhub

कुलमान बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो, आज पनि ठाउँठाउँमा विद्युत कटौती


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक रहेका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर उनी बाहिरिएसँगै विद्युत कटौती बढेको गुनासो बढ्न थालेको छ ।

व्याप्त जनगुनासो बढेपछि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको सचिवालये विना जानकारी विद्युत कटौती भए सिधा सम्पर्क गर्न आह्वान समेत गर्‍यो । तर, पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।

यद्यपि प्राधिकरणले सूचना दिएरै विद्युत कटौती गर्न थालेको छ । विभिन्न स्थानमा मर्मत सम्भार तथा पोल स्थानान्तरण लगायतका कारणले विद्युत कटौती गर्न परेको प्राधिकरणले प्रष्ट्याएको छ ।

नेपाल विद्युत् प्रधिकरणका अनुसार आज शनिबार पनि देशका विभिन्न स्थानमा विद्युत कटौती भइसकेको छ । कतै हुने क्रममा छ ।

प्राधिकरणका अनुसार आज धनकुटा, चितवन, नवलपुर, पोखरा र काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत हुने छैन ।

ललितपुरको लगनखेल र पुल्चोक वितरण केन्द्र तथा भैंसेपाटी उपवितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा इन्टरब्रान्चको मिटरिङ युनिट परिवर्तन गर्नु पर्ने भएकाले दिउँसो ११ बजेदेखि २ बजेसम्म बत्ती काटिने छ ।

यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरमा चक्रपथ विस्तार कार्य जारी रहेकाले १० बजेदेखि ३ बजेसम्म बत्ती काटिने बताइएको छ ।

यस्तै वाइपास विद्युत् संरचना सार्न तथा व्यवस्थापन गर्न चितवनको भरतपुर र माडीमा बिहान ७ बजेदेखि नै विद्युत कटौती गरिएको दिउँसो १ बजेसम्म बत्ती नआउने प्राधिकरणले जनाएको छ ।

चितवनकै मेघौली, नारायणगढ, गीतानगर तथा रामपुरमा बुस कटिङ गर्न ट्रान्सफर्मरको इन्कमिङ भीसीबी परिवर्तन गर्न सोही समयमा बत्ति काटिने बताइएको छ । चितवनको अन्य केही स्थानमा पोल सार्न र फिडर मर्मत गर्न बत्ती काटिने छ ।

नवलपुरको कावासोती र अरूणखोलामा पनि बुस कटिङ गर्न बिहान ८ बजेदेखि विद्युत कटौती भएको छ । त्यस क्षेत्रको विद्युत दिउँसो ४ बजेपछि सुचारू हुने छ ।

पोखराको हेम्जामा स्मार्ट मिटर परिवर्तन गर्न १० बजेदेखि ५ बजेसम्म र धरानदेखि धनकुटासम्म बुस कटिङ गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म विद्युत कटौती गरिने प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ५६ बजे

प्रकाशशरणले भने- पुराना दलप्रति जनता निराश छन्, ०८४ मा कांग्रेसलाई गाह्रो पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै

खल्बलिँदै बजेट चक्र, धरापमा आवधिक लक्ष्य

काठमाडौँ – सामान्य आर्थिक हैसियतको निम्नमध्यमवर्गीय एउटा परिवारले दैनिक, मासिक

रौतहटमा लागूऔषधसहित दुई युवा पक्राउ

रौटहट– सशस्त्र प्रहरी बल नेपालले लागूऔषधको कारोबारमा संलग्न दुई युवालाई

कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुन नदिने के छ रणनीति ?

सुर्खेत– कर्णाली प्रदेशका प्रमुख राजमार्गलाई बर्सात समयमा अवरुद्ध हुन नदिनका

बलबहादुर केसीले भने- रामचन्द्रलाई गोविन्दराज रोक्नै पर्ने, शेरबहादुरलाई पुष्कर ओझा नरोकी नहुने

काठमाडौं- नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी ठीक ढंगले चल्न