चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक « Khabarhub

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सहज जित निकालेको छ ।

गुवाहाटीमा सोमबार भएको खेलमा चेन्नईले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य राजस्थानले मात्र १२.१ ओभरमा २ विकेट गुमाएर पछ्यायो । राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर सूर्यवंशी नायक बने । उनले मात्र १५ बलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचे । कुल १७ बलको सामना गरेका उनी ५२ रन जोडेर आउट भए ।

अर्का ओपनर यशस्वी जैसवाल ३८ रनमा अविजित रहे भने ध्रुव जुरेलले १८ रनको योगदान दिए । कप्तान रियान पराग १४ रनमा नटआउट रहे । चेन्नईका अन्शुल कम्बोजले २ विकेट लिए पनि त्यो हार टार्न पर्याप्त भएन ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले सुरुदेखि नै खराब प्रदर्शन गरेको थियो । टोलीले मात्र ३८ रन जोड्दा ४ शीर्ष विकेट गुमाइसकेको थियो । सन्जु सामसन र रुतुराज गायकवाड समान ६–६ रनमा आउट भए भने आयुष म्हात्रे डकआउट भए । म्याट शर्टले पनि २ रनभन्दा बढी जोड्न सकेनन् ।

मध्यक्रममा सरफराज खान (१७), कार्तिक शर्मा (१८) र शिवम दुबे (६) सस्तैमा समेटिएपछि चेन्नई ७४–७ को संकटपूर्ण स्थितिमा पुगेको थियो । तल्लो क्रमका जेमी ओभरटनले ४३ रनको संघर्षपूर्ण इनिङ्स खेलेपछि चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रवीन्द्र जडेजाले २–२ विकेट लिए । ब्रिजेश शर्मा, सन्दीप शर्मा र रवि विष्नोईको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : १० बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।