नाका बन्द हुँदा पेन्सनधारी समस्यामा | Khabarhub Khabarhub

नाका बन्द हुँदा पेन्सनधारी समस्यामा


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ ।

भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्यामा परेका हुन् ।

पेन्सनकै भरमा रहेकालाई घरधन्दा चलाउन समस्या भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जीतसिंह थापाले जानकारी दिए ।

जिल्ला प्रशासनलाई १५ दिन अगाडि नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनको भनाइ थियो । उनले भने, “पेन्सनधारीलाई नाका नखुल्दा खान लाउन, औषधि उपचारका लागि पैसा नहुँदा समस्यामा परेका छन्, नाका खोल्नको लागि सरकारले वास्ता गरेको छैन ।”

यसअघि तीन महिना अगाडि तीन दिनलाई नाका खोलेको भएपनि त्यो समयमा सबैले पेन्सन बुझ्न नपाएको थापाको भनाइ थियो । उनले भने, “जिल्लामा एक हजार दुई सय भारतीय पेन्सनधारी रहेपनि त्यो बेला ४ सय ३८ जनाले पेन्सन बुझ्न पाए, कोही धनगढी, कोही महेन्द्रनगरमा भएकाले समय अपुग हुँदा सबैले बुझ्न पाएनन् ।”

जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका खोल्न प्रयासरत रहेको जनाएको छ । दुई देश सहमत भएपछि मात्रै नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनले भने, “पेन्सनधारीको समस्याबारे स्थानीय प्रशासन जानकार छ, सरकारलाई लिखित र मौखिक जानकारी गराईएको छ ।”

भारतसँग पनि नाका खोल्न आग्रह गरेकाले दुईपक्षीय सहमतीमा चाँडै नाका खोलिने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : ३१ बजे

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन