आजलाई बोलाइएको नेकपा सचिवालय बैठक भोलि ४ बजेसम्मलाई स्थगित | Khabarhub Khabarhub

आजलाई बोलाइएको नेकपा सचिवालय बैठक भोलि ४ बजेसम्मलाई स्थगित


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तापछि आज (शनिबार) ४ बजेका लागि बोलाइएको बैठक भोलि (आइतबार) ४ बजेसम्मलाई स्थगित गरिएको हो ।

बैठक आजलाई बोलाउने अध्यक्षद्वयको समझदारी भएपनि सबैलाई खबर गरिनसकिएकाले भोलिका लागि तय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा विवाद बढेको हो। त्यसपछि नेताहरुले बैठकको माग गरेका थिए।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले आजको बैठकमा पार्टीमा छलफल नै नगरी नियुक्ति गरेको भन्दै त्यसबारे छलफल गर्ने योजना बनाएका थिए।

त्यसबाहेक बैठकमा पूर्वनिर्धारित एजेण्डामा पनि छलफल हुने सम्भावना छ। असोज ४ मा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने र विविध एजेन्डा थिए। त्यसमा पनि छलफल गर्ने तयारी रहेको थियो।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १२ : १० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका