काठमाडौँमा १ हजार १ सहित उपत्यकामा १ हजार ११७ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा १ हजार १ सहित उपत्यकामा १ हजार ११७ संक्रमित थपिए


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बितेको २४ घण्टाको अविधमा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार ११७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४०५ महिला र ५९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ ।

ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरि बितेको २४ घण्टामा २ हजार १२० संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।

एकैदिन २ हजार ४४ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ ।

अहिले २१ हजार ३०२ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार ४ हजार २७३ जना क्वारेन्टिनमा छन् भने २१ हजार ३०२ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : ४२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने