नेपालको सबैभन्दा ठूलो सेल ‘दराज ११/११’ « Khabarhub

नेपालको सबैभन्दा ठूलो सेल ‘दराज ११/११’


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार दराज आफ्नो वार्षिक ११/११ सेल यस नोभेम्बर ११, (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ।

अलीबाबाको ११/११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११/११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउण्ट, निःशुल्क डेलिभरी, भौचरहरु र अन्यमार्फत ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्राण्डहरुले बेच्दै आएका ५ लाख भन्दा बढी उत्पादनहरुमा धेरै भन्दा धेरै छुट पाउनेछन्।

यसपालि को ११/११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (रु.३००० सम्मको) छुट पाउनेछन। यसको लागि नबिल बैंक, एनआईसी एशिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक र हिमालयन बैंकका कार्डबाहकहरूले सेवा लिन सक्नेछन् ।

यस छुटको मज्जा लिन ग्राहकहरुले आफ्नो बैंक कार्डमार्फत अनलाइन शपिङ्ग गर्न मिल्ने हुनुपर्छ। ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्दछन्।

११/११ मा ग्राहकहरुले ‘दराज वन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइलो गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्ने मौका पनि पाउनेछन।

दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु जम्मा एक रुपैयाँमा जित्न सक्नेछन, एड टु कार्ट एण्ड वीनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कारसहित रु. १५००० जित्न सक्नेछन। साथै, ग्राहकहरूले ११/११ मा शपिङ्ग गर्दा ८ लाख बराबरको नयाँ टिभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन।

११/११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ। त्यसैले नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ।

साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सर–सफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ।

समग्रमा, २०२० को दाराज ११/११ सम्पूर्ण नेपालभरका ग्राहकहरूका लागि सुरक्षित शपिंग अनुभव सुनिश्चित गर्दै यस वर्षको सब भन्दा ठूलो अनलाइन सेल हुने भएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ५३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच