भारतमा फिल्म हल खुले, दर्शक आएनन् « Khabarhub

भारतमा फिल्म हल खुले, दर्शक आएनन्


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुला गरिएको छ । मल्टिप्लेक्सका केही हल खुला गरिएका छन् । सिंगल थिएटर पनि खुलेका छन् ।

हल खुला गरिए पनि दर्शक भने हलसम्म पुगेका छैनन् । न त फिल्म हलमा देखाउनलाई कुनै नयाँ फिल्म रिलिज भएका छन् ।

खुला गरिएका हलमा पुराना फिल्म प्रदर्शन गरिएको छ । ती फिल्म हेर्न एकाध दर्शक आएका छन् । हलवालाले यति दर्शक आउँदा बिजुलीको बिल पनि तिर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

ठूला फिल्म निर्माताले आफ्ना फिल्म अझै तय गरेका छैनन् । किनकि, हलमा पूरै संख्यामा दर्शक नपाइने नियम छ ।

कोरोना भाइरसका कारण दर्शक पनि फिल्म हलसम्म आउन अझै तयार नभएको देखिएको छ । अर्कातिर नामी स्टारका कुनै फिल्म पनि रिलिज हुने तरखरमा छैनन् । जसले गर्दा दर्शकलाई हलसम्म जान मन लागिरहेको छैन ।

कोरोना महामारीका कारण न त कुनै हलिउड फिल्म नै रिलिज भएका छन् ।

सिनेमा घरको कमाइ नभइरहेको अवस्थामा निर्मातालाई सेनिटाइजरका साथै सरकारी गाइडलाइन मान्न पनि गाह्रो भइरहेको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५१ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान