विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान « Khabarhub

विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विहार– भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ ।

कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । मतदान स्थानीय समय अनुसार विहान ७ बजे शुरु भएको हो ।

कोरोनाभाइरसको महामारीका बीचमा पनि विहारमा निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचन यसअघि अक्टोबर २८ तारिखमा नै सम्पन्न भइसकेको छ । त्यस बेला ७१ सांसद सदस्यका लागि प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणको निर्वाचनका लागि दुई करोड ८६ लाख मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएका छन् । तीन चरणका निर्वाचनमध्ये सवैभन्दा धेरै मतदाता दोस्रो चरणका लागि रहेको आयोगले जनाएको छ ।

दोस्रो चरणमा मतदान हुने निर्वाचनमा एक हजार ४६४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये भारतीय जनता पार्टी (विजेपी) बाट ४६ जना, जनता दल युनाइटेडबाट ४३ जना, राष्ट्रिय जनता दल (आरजेडी) बाट ५६ जना र काँग्रेसबाट २४ जना उम्मेदबार रहेका छन् ।

अन्य पार्टीहरुबाट र स्वतन्त्र रुपमा पनि अरु धेरै उम्मेदवारहरु चुनावी मैदानमा रहेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

निर्वाचनमा सहभागी उम्मेदवारमध्ये पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको छोरा तेजस्वी यादव र तेज प्रतापको उम्मेदवारी बढी चर्चामा छन् ।

तेजस्वीलाई महागठबन्धनको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवारका रुपमा पनि हेरिएकाले बढी चर्चा भएको हो । उनी रंङ्गपुरबाट उम्मेदवार छन् ।

दोस्रो चरणको मतदानमा विहारका गर्भनर फागु चौहानले पटनाअन्तर्गत पर्ने डिघामा रहेको सरकारी विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा गएर मतदान गरेका छन् ।

त्यसैगरी उप–मुख्यमन्त्री सुशिल कुमार मोदीले राजेन्द्र नगरमा रहेको जोसेफ उच्च माध्यामिक विद्यालयमा स्थापना गरिएको मतदान केन्द्र नं. ४९ मा मतदान गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ५५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र