विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त « Khabarhub

विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका हुन् ।

तर, कोरोनाबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या भने १२ लाख १२ हजार ११६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

विश्वभरि अहिलेसम्म कोरोनाबाट कुल ४ करोड ७३ लाख ६३ हजार ९८५ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमितमध्ये १ करोड २० लाख ९१ हजार ६२८ जना अझै पनि सङ्क्रमित अवस्थामै छन् ।

अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै ९९ प्रतिशत अर्थात् १ करोड २० लाख ४ हजार ९५७ जना मध्यम अवस्थामा रहेका छन् भने झण्डै एक प्रतिशत अर्थात् ८६ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको छ ।

सङ्क्रमित र मृतकहरुको सङ्ख्याका आधारमा हेर्दा अमेरिका सबैभन्दा बढी प्रभावित देखिएको छ । अमेरिकामा अहिलेसम्म कुल ९५ लाख ६७ हजार ५४३ जना सङ्क्रमित हुँदा कुल २ लाख ३६ हजार ९९७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा अहिलेसम्म कुल ८२ लाख ६७ हजार ६२३ जना सङ्क्रमित भएका छन् भने १ लाख २३ हजार २३९ जनाको मृत्यु भएको छ ।

संक्रमितमा तेस्रो र मानवीय क्षतिमा दोस्रो रहेको ब्राजिलमा अहिलेसम्म १ लाख ६० हजार २७२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २०६ जना सङ्क्रमित भएका छन् ।

कोरोनाबाट रुसमा अहिलेसम्म १६ लाख ७३ हजार ६८६ जना सङ्क्रमित भएका छन् भने २८ हजार ८२८ जनाको मृत्यु भएको छ । कोरोनाबाट प्रभावित भएका मुलुकहरु मध्ये रुस चौथो अग्रपंक्तिमा पर्दछ ।

पाँचौँ अग्रपंक्तिमा रहेको फ्रान्समा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोनाबाट अहिलेसम्म १४ लाख ६६ हजार ४३३ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी स्पेन, अर्जेन्टिना, कोलम्बिया, बेलायत र मेक्सीको कोरोनाबाट प्रभावित अग्र १० देशमा रहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : २८ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर