गण्डकी प्रदेशमा तीन दिनमा ८ कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा तीन दिनमा ८ कोरोना संक्रमितको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लो तीन दिनमा ८ जना कोरेना संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिला रहेकी छन्। उनको सोमबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

कास्की जिल्ला पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ः४५ बजे मृत्यु भएको छ। उनको कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

बाग्लुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको थियो। बाग्लुङ नगरपालिका ३ का ६१ वर्षीय पुरुषको सोमबार ५ः३० बजे मृत्यु भएको थियो। उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

तनहुँ ब्यास नगरपालिका ५ का ६६ वर्षिय पुरुषको सोमबार दिउँसो २ः१५ मृत्यु भएको थियो। उनको कार्तिक १६ गते कोरोना पुष्टि भएको प्रदेशले जनाएको छ।  त्यस्तै पोखरा महानगरपालिका ६ का ७२ वर्षिय पुरुषको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको थियो। उनको कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

पोखरा महानगरपालिका ३ का ५२ वर्षिय पुरुको सोमबार बिहान ११ः४५ बजे मृत्यु भएको थियो। उनको कार्तिक १२ गते कोरोना पुष्टि भएको प्रदेशले जानकारी दिएको छ।

र नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११ः२६ मृत्यु भएको थियो। प्रदेशका अनुसार उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ५१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले