आज नेप्सेमा सामान्य सुधार « Khabarhub

आज नेप्सेमा सामान्य सुधार


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ ।

आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ । कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोवार भयो ।

यस्तै, एनआइसी एशिया बैंक आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक रु आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल रु छ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर रु पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त रु पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए ।

त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ३२ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ