स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति « Khabarhub

स‌ंघीय लोकतान्त्रिक गणतन्त्र हटाइएकोमा कां‌ग्रेस प्रवक्ता शर्माको आपत्ति


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले सरकारले नेपालको नाम स‌ंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्‍न गरेको निर्णय आपत्तिजनक भएको बताएका छन् ।

शर्माले मंगलबार सामाजिक सञ्‍जाल ट्‍वीटरमा धारणा ब्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता भनेर प्रश्‍न समेत गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- ‘`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्‍न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ । @Pm_Nepal  जेल बस्दाको सिध्दान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबध्दता ? होसियार ! संविधानको मर्म विरुध्दको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!’

मन्त्रिपरिषद् बैठकले गत असोज ११ गते मुलुकका औपचारिक कागजातमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी नेपालमात्रै लेख्‍ने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन गर्न कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २८ असोजमा पत्र लेखेको थियो ।

यस्तो छ शर्माको ट्वीट

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ०५ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ