यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

यूएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  युनाइटेड अरब इमिरेट्स (यूएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उनले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।

उनले  यूएईका प्रत्येक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै उपलब्ध गराइने समेत जनाएका छन् ।

यसघि त्यहाँका उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहान, विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि कोरोनाको खोप लगाएका थिए ।

यूएईले कोभिड–१९ का बिरामीको स्वास्थ्यअवस्थालाई मध्यनजर गरेर आपतकालीन प्रयोगका लागि खोप दिन थालेको जनाइएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : १७ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ