भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु | Khabarhub Khabarhub

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा भरुवा बन्दुक पड्किएर वन रक्षकको मृत्यु भएको छ ।

बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

दाहालका अनुसार वाँस्तोला सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक हुन् । जंगलमा गस्तीका निस्किएका वन रक्षकले लोड गरेको अवस्थामा भरुवा बन्दुक फेला पारेर राति १० बजेतिर कार्यालय ल्याएका थिए ।

वनकै गाडीमा राखेर ल्याइएको बन्दुक गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका–१ स्थित कार्यालयको गेट अगाडि पड्किएको उनको भनाइ छ । बन्दुकको छर्राले छात्तीमा लागेपछि वास्तोलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’