कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति « Khabarhub

कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउदो सातादेखि खोप दिन सुरू गरिने जनाएका छन् ।

बेलायतले खोपका लागि अनुमति दिएसँगै युरोपभर राजनीतिक तरंग उत्पन्न भएको छ । युरोपेली मुलुकमा सर्वसाधारणका लागि खोप दिने बेलायत पहिलो मुलुक भएसँगै युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूमा तरंग सृजना भएको बीबीसीले उल्लेख गरेको छ ।

ब्रेक्जीटका कारण बेलायतमा चाँडो कोभिड खोपको प्रयोग स्वीकृति दिइएको स्वास्थ्यमन्त्री ह्यानककले प्रष्ट्याएका छन् ।

त्यस्तै हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिजमगले पनि ट्वीट गर्दै ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेको बताए ।

ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै बेलायतले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्न सक्ने बताएको छ।

ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण खोपान सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको दाबी गरेको छ ।

बेलायतका निम्ति जर्मन राजदूत आन्द्रियास माइकेलिसले भाइरसविरुद्धको लडाई कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

 

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : २९ बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक