मंसिर २२ मा विजयेन्द्रसँग बिहे गर्दै स्वेता « Khabarhub

मंसिर २२ मा विजयेन्द्रसँग बिहे गर्दै स्वेता


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो ।

स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका बारेमा धेरै जानकारी भने दिइएको छैन ।

‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।

यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७३ सालमा बिहे गरेकी थिइन् । बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण बिरामी परेपछि भारतमा उपचार गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । त्यसपछि स्वेताले व्यापार व्यवसायलाई बढी समय दिएकी थिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : ५९ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई