मंसिर २२ मा विजयेन्द्रसँग बिहे गर्दै स्वेता « Khabarhub

मंसिर २२ मा विजयेन्द्रसँग बिहे गर्दै स्वेता


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले मसिंर २२ गते बिहे गर्न लागेको पक्का भएको हो ।

स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् । बिहेका बारेमा धेरै जानकारी भने दिइएको छैन ।

‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।

यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं. २०७३ सालमा बिहे गरेकी थिइन् । बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण बिरामी परेपछि भारतमा उपचार गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको थियो । त्यसपछि स्वेताले व्यापार व्यवसायलाई बढी समय दिएकी थिइन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १२ : ५९ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु