देशभर २४ घण्टामा १३४३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा १३४३ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

योसँगै उपत्यकामा कोरोना मात्रै कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २१२२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १३ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय २८, संखुवासभामा १५ र सुनसरीमा ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा १, सप्तरीमा १५, सर्लाहीमा ५ र सिरहामा ८ जना कोरोना स‌क्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३२, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा २६, मकवानपुरमा १४, रसुवामा १२, ललितपुरमा ८० र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ९, तनहुँमा १९, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १७, बागलुङमा १२ र स्याङजामा ११ जना स‌ंक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४०, नलवपरासीमा ७, पाल्पामा १३, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा ४१ जनामा कोरोना भाइरसको स‌क्रण पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ७, दैलेखमा १, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जना कोरोना स‌क्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा १२, डोटीमा ५, बझाङमा ४ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : ५० बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला