काठमाडौँ उपत्यकामा थपिए ५६१ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ५६१ कोरोना संक्रमित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तो छ विवरण

त्यसैगरी, सोही अवधिमा काठमाडौंमा ५, ललितपुमा १ र भक्तपुरमा १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८९ हजार २८८ जना संक्रमित भएका छन्, जसमध्ये ३९३ जनाको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ५१९ जना संक्रमित भएका छन्। जसमा ११७ जना संक्रमितको मृत्यु भएको छ। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा ६ हजार ३३७, ललितपुरम १ हजार २७६ र भक्तपुरमा ५८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ।

१५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

यस्तै आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ। देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : ३३ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व