२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय २८, संखुवासभामा १५ र सुनसरीमा ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा १, सप्तरीमा १५, सर्लाहीमा ५ र सिरहामा ८ जना कोरोना स‌क्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३२, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा २६, मकवानपुरमा १४, रसुवामा १२, ललितपुरमा ८० र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ९, तनहुँमा १९, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १७, बागलुङमा १२ र स्याङजामा ११ जना स‌ंक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४०, नलवपरासीमा ७, पाल्पामा १३, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा ४१ जनामा कोरोना भाइरसको स‌क्रण पुष्टि भएको छ ।

यसैगरी कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ७, दैलेखमा १, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जना कोरोना स‌क्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा १२, डोटीमा ५, बझाङमा ४ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : १० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको