आयुर्वेदिक औषधीले कोरोना संक्रमित निको हुने अध्यक्ष रोकायाको दाबी  « Khabarhub

आयुर्वेदिक औषधीले कोरोना संक्रमित निको हुने अध्यक्ष रोकायाको दाबी 


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरसविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नुपर्ने बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जित हासिल गर्न सकिने बताए। आयुर्वेदिक औषधिले कोरोना संक्रमित निको हुने दाबी गरे ।

‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधि विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ।’

उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए। उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधि माथि अनुसन्धान गर्नुपर्ने बताए।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधिले कोरोना संक्रमितहरुलाई निको पारेको छ। अहिलेसम्म सैयौंको संख्यामा यो औषधिले कोरोना संक्रमितलाई राम्रो गरेको छ। संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ।’

उनकाअनुसार कोरोना नाशक चुर्ण औषधिमा ‘चिराइतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ। ‘यो औषधि धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ’, उनले भने ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ४५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग