कोहलपुरमा सशस्त्र प्रहरीको क्षेत्रीय स्कुल उद्घाटन « Khabarhub

कोहलपुरमा सशस्त्र प्रहरीको क्षेत्रीय स्कुल उद्घाटन


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका–२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुलको उद्घाटन गरेका छन्।

स्कुल उद्घाटन गर्दै आईजीपी खनालले शिक्षा नै समाज विकासको प्रमुख आधार रहेकाले सशस्त्र प्रहरीले कोहलपुरमा क्षेत्रीय स्कुल सञ्चालनमा ल्याएको बताए ।

आईजीपी खनालले भने– ‘राष्ट्र सेवामा खटिएको सशस्त्र प्रहरीले संगठनमा आवद्ध सक्कल दर्जाको सन्तानको भविष्यका लागी स्कुल सञ्चालनमा ल्याइएको हो ।’

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र सेवामा उदाहरणीय काम गर्न सकेमात्र संगठनको साख रहने बताउँदै खनालले सवै राष्ट्रसेवक एक भएर अगाडी बढ्नुपर्ने बताए । ‘हामी दार्चुलाको छाङरुदेखी ताप्लेजुङको ओलाङचुङगोलासम्म उपस्थित छौं’ खनालले भने– ‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा समेत संगठनले सफलता पाउँदै गएको छ ।’

स्कुल उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर एलवी रावलले शिक्षा क्षेत्रमा सशस्त्र प्रहरी बलले लगानी गरेर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण काम गरेको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ३२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था