मापदण्ड विपरीतका बालगृहबाट बालबालिकाको उद्धार « Khabarhub

मापदण्ड विपरीतका बालगृहबाट बालबालिकाको उद्धार


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय बालअधिकार परिषदले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषदले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट ६ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला समाज काठमाडौँबाट ती बालबालिकाको उद्धार गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो । विसं २०६९ देखि लागु गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्नेलगायतका मापदण्ड राखिएको छ ।

विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन् । ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन् । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । परिषदका अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन् ।

जिल्लामध्ये ४५ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँलगायतका २७ जिल्लाका धार्मिक सङ्घसंस्थामा बालबालिका आवासीय छन् ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : १५ बजे

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै

के प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेर शिक्षा र स्वास्थ्यको कर हटाउन मिल्छ ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चौतर्फी विरोध भएपछि मंगलबार सामाजिक सञ्जाल

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज

कांग्रेस महामन्त्री घिमिरेका दुई कृति सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई वटा कृति सार्वजनिक गरिएको

गोरो बनाउने क्रिमको कालो कथा : गोरो हुनु सुन्दरता हो भन्ने भ्रम 

काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ