टुँडिखेलमा घोडचढी प्रतियोगिता हुने « Khabarhub

टुँडिखेलमा घोडचढी प्रतियोगिता हुने


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौंको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो ।

आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गर्नेछन् । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा राखिएको उनले बताए ।

पुरुषतर्फ पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला सहभागी सबैलाई जनही पाँच हजार पुरस्कार दिइनेछ ।

प्रतियोगिता आयोजनाका लागि सङ्घका अध्यक्ष कर्णिकार, टिभीएसका ब्यापार तथा बिक्री वितरण महाप्रबन्धक दीपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोटर्सका प्रतिनिधि निभा सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

अध्यक्ष कर्णिकारले प्रतियोगितामा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले अबका दिनमा जनस्तरमा लगिने बताए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ११ : १६ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण