पुर्चौंडी नगरका १० वटै वडा सचिवविहीन « Khabarhub

पुर्चौंडी नगरका १० वटै वडा सचिवविहीन


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन भएका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिए । उनले भने, ‘वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ ।’

दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए। वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ ।

उनले भने, ‘सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ ।’ वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् ।

वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीयवासी रामबहादुर धामीले बताए । उनले भने, ‘गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ ।’

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १ : १३ बजे

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा