प्रदेश ३ को नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने निर्णय « Khabarhub

प्रदेश ३ को नाम र राजधानी आगामी प्रदेशसभा बैठकले पारित गर्ने निर्णय


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलले आगामी प्रदेशसभा बैठकले राजधानीको नाम र स्थानको विषय पारित गर्ने निर्णय गरेको छ ।

प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ ।

नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो ।

प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा शनिवार बसेको दलको बैठकमा राजधानीको नाम र स्थान सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा आएको प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

सबैको भावनाको कदर गर्दै प्रक्रियाअनुसार नै राजधानी र नाम टुङ्ग्याइने उनले बताए ।

पार्टीले गरेको निर्णय नै अन्तिम निर्णय हुने र सांसदहरुले यसैअनुरुप सहमति जनाउने प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिए ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले हालसम्म आफूहरुलाई पार्टीको सर्कुलर प्राप्त नभएको बताए ।

प्रदेशसभा सदस्य विनोद खड्काले प्रदेशको नाम वाग्मती र स्थान हेटौँडालाई अनुमोदनका लागि संसदीय दलको बैठक बसेको जानकारी दिँदै आगामी बैठकमा निर्णय पारित हुने जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपक निरौलाले पार्टीको निर्णयानुसार नै राजधानीको नाम र स्थानमा आफूहरु उभिएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ५८ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले