तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान हुन्छ– नेता नेपाल « Khabarhub

तथ्य र प्रमाणका आधारमा सीमा विवाद समाधान हुन्छ– नेता नेपाल


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

कञ्चनपुर– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताएका छन् ।

भ्रमण वर्ष–२०२० का अवसरमा शनिवार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा नेता नेपालले भने, “मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको बताए ।

“पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आर्कषित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन”, उनले भने “एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।”

नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि जानकार हुनुपर्ने बताए । “सन् २०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण वर्ष मनाएका थियौँ”, उनले भने, “छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटक भित्रिन सक्छन् ।”

नेता नेपालले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताए । सीमा विवाद समाधानका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना