आज वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान « Khabarhub

आज वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ । महाशाखाले हाल देशको मध्य र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

आज पहाडी क्षेत्रका केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको  सम्भावना रहेकाे महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २१ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ २३ गते (बिहीबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ।

रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकि भू-भागका सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
सम्भावित हिमपात र वर्षाका कारण तापक्रममा आउने गिरावटले चिसोको मात्रा बढाउने हुनाले उक्त स्थानहरुमा रहनुहुने सबैलाई चिसोबाट बच्ने उपाय अपनाउन हुन अनुरोध छ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : ५२ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको