महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’ « Khabarhub

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए ।

उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ। नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ५८ बजे

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय

धुर्मुस अमेरिका हानिएपछि आर्यन राखेर ‘पाँच पाण्डव’को छायाङ्कन

काठमाडौं – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिका गएपछि अर्को नायक