लिपिस्टिकको प्रयोग गरी सेक्स अपिल गर्दै भीभीआइपीहरुलाई फसाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।
पहुँचवाला नेता, ठूला अधिकारीहरुलाई हनी ट्रयापमा फसाएर अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने गिरोहको बारेमा नयाँ र आश्चर्यजनक खुलासा भएको हो ।
भारतको मध्य प्रदेशमा भएको यो घटनामा फसाउने सुन्दरीहरुले भिडियो बनाउनका लागि लिपस्टिक, चस्मा र सामान्य मोवाइलका क्यामेरा प्रयोग गरेका थिए । जसका कारण उनीहरुले भिडियो बनाएको शंका भएन ।
पुलिसले १८ र १९ सेप्टेम्बरमा इन्दौरबाट ५ महिला र १ पुरुषलाई पक्राउ गरी हनीट्रयाप ग्याङको पर्दाफाश गरेको थियो ।
पुलिसले इन्दौर नगर निगमका एक इन्जिनियरले उजुरी दिएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।
यी इन्जिनियरको पनि भिडियो बनाएर उनीसँग ३ करोड मागिएको थियो । उनीहरुसँगबाट हाइप्रोफाइल व्यक्तिहरुका सयौं अश्लील भिडियो भेटिएको प्रहरीले गरेको ५ महिनाको अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
प्रतिक्रिया